प्राण भन्दा प्यारो

लक्ष्मण दियाल

प्राण भन्दा प्यारो,
मेरो देश यो उज्यालो,
चाहे होस, रात जस्तो सुकै कालो,
चाहे होस, फिजिएको जस्तो सुकै जालो,
होस चाहे चढ्नु पर्ने टोपी खस्ने उकालो,
होस चाहे झर्नु पर्ने हिम्मत खस्ने ओरालो,
सम्हाल्ने छु शिर, सम्हाल्ने छु टोपी,
अंगाल्नेछु हिम्मत, बढ्ने छुँ अघि,
बुझेर, हो यही मेरो परीक्षा,
हो यही मेरो पालो,
छ प्राण भन्दा प्यारो,
मेरो देश यो उज्यालो!

भन्नु छैन बढ्ता, कस्ले गरे के?
भन्नु छैन बढ्ता, कस्ले गरेनन के?
बरु गर्नु छ, सच्चा देशभक्तले गर्नु पर्छ जे,
भर्नु छ मनमा,र, छर्नु छ बतनमा,
ईमान, निर्भिकता, अठोट, मेहनत(क्षमता),
देशप्रेम र मानवताको उज्यालो,
छ प्राण भन्दा प्यारो,
मेरो देश यो उज्यालो!

✍️ लक्ष्मण दियाल
बेलौरी, कञ्चनपुर

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.