दार्चुलाकै पहिलो बालविवाह मुक्त गाउँपालिका बन्यो मालिकार्जुन

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई जिल्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा गरिएको छ । सोमबार आज एक औपचारीक कार्यक्रम मार्फत पालिकालाई जिल्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा गरिएको हो । मालिकार्जुनको शान:बालविबाह मक्त हाम्रो अभियान भन्ने मूल नाराका साथ पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष हिरा सिह धामीको अध्यक्षता एव जिल्ला समन्वय समिति प्रमुख महादेव बडूको प्रमुख आर्थित्यतामा पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरिएको पालिका उपाध्यक्ष कल्यान सिह धामीले जानकारी दिए । गाउँपालिका भित्र रहेका आठै वटा वडालाई बालविवाह मुक्त घोषणा गरिएसँगै सोमबार पालिकालाई पनि बालविवाह मुक्त घोषणा गरिएको उनले बताए ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०र०८१ देखि वडाहरूलाई बालविवाह मुक्त घोषणा गर्ने अभियान सञ्चालन गरेको थियो । सोही अनुसार आर्थिक वर्ष २०८०र०८१ मा वडा नम्बर २ र ६ लाई बालविवाह मुक्त घोषणा गरिएको महिला, बालबालिका शाखा प्रमुख आरती शर्माले जानकारी दिए ।

त्यस्तै आर्थिक वर्ष २०८१र०८२ मा वडा नम्बर १, ३ र ८ लाई बालविवाह मुक्त घोषणा गरिएको थियो । यसै वर्ष वडा नम्बर ४, ५ र ७ लाई पनि बालविवाह मुक्त घोषणा गरिएसँगै सबै वडाहरू बालविवाह मुक्त भएका छन् ।

 

Leave A Reply

Your email address will not be published.