‘श्रम संसार’ प्रणालीमा आबद्ध हुन व्याँस गाउँपालिकाको आग्रह

दार्चुला । जिल्लाको व्याँस गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका निजी क्षेत्रका रोजगारदाता, तालिम प्रदायक संस्था, सहकारी तथा गैरसरकारी संस्थालाई ‘श्रम संसार’ प्रणालीमा आबद्ध हुन आग्रह गरेको छ ।

गाउँपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशन बमोजिम श्रम तथा रोजगारीसँग सम्बन्धित सेवाहरूलाई डिजिटल माध्यमबाट एकीकृत गर्न “श्र्रम संसार” प्रणाली लागू गरिएको हो।

सोहीअनुसार गाउँपालिकाभित्र रहेका सम्बन्धित सबै संस्थाहरूले निर्धारित मितिभित्र उक्त प्रणालीमा दर्ता भई श्रम तथा रोजगारसम्बन्धी सूचना, रोजगारीका अवसर तथा तालिमसम्बन्धी विवरण अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने जनाइएको छ।

सूचनामा प्रणालीमा आबद्ध हुन श्रम संसारको आधिकारिक वेबसाइट shramsansar.gov.np मार्फत दर्ता गर्न सकिने र मोबाइल प्रयोगकर्ताले प्ले स्टोर वाएप स्टोर बाट एप डाउनलोड गरी प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ।

यस कदमले स्थानीय तहमा रोजगारीसम्बन्धी सूचना प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। साथै थप जानकारीका लागि व्याँस गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.