कञ्चनपुर, १३ असार ।
कञ्चनपुरको एक सामुदायिक विद्यालयमा बाल उद्यान तथा पानीको पहरा बन्ने भएको छ । भीमदत्त नगरपालिका १४बनकट्टीको बैजनाथ आधारभुत विद्यालयमा बाल उद्यान तथा पानीको पहरा बन्ने भएको हो । बैजनाथ आधारभूत विद्यालयका प्रद्यानाध्यापक पुष्पमणी जोशीले विद्यालयप्रति विद्यार्थीको आकर्षण बृद्धिका साथै सिकाई अभिबृद्धिका लागि बाल उद्यान बनाउन लागेको बताए । एक कार्यक्रमका विच भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले बाल उद्यानको शिलान्याश गर्दै सामुदायिक विद्यालयमा निर्माण हुने योजना सम्पन्न गराउनका लागि आफ्नो तर्फबाट आवश्यक सहयोगको बाचा गरेकी छिन ।