कञ्चनपुर ।
सुदूरपश्चिमकाे कञ्चनपुर जिल्ला महेन्द्रनगरका आचार्य कृष्ण दमाई सम्मानित भएका छन । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा कञ्चनपुर महेन्द्रनगर घर भएका आचार्य कृष्ण दमाई सम्मानित भएका हुन । अनलाईन खबरले १२अगस्थ ०२६मा अन्र्तराष्ट्रिय युवा दिवसको अवसर पारेर आचार्य दमाईलाई ४० बर्षमुनीका प्रभावशाली युवामा छनौट गर्दै सम्मान गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आचार्य दमाईलाई प्रमाण पत्र हस्तान्तरण गर्दै बधाई ज्ञापन गरेका छन । भीमदत्त नगरपालिका ३ तिलकपुरका स्थानीय हुन । उनले नेपाल संस्कृति विश्वविद्यालयमा अध्ययन गर्दै आएका थिए । दुई बर्ष अघि २४साउन ०८१मा काठमाण्डौँ पशुपति मन्दिरमा आयोजित महायज्ञमा समेत व्यासासनमा आसिन भएर प्रबचन दिएर चर्चा कमाएका थिए ।
नेपालमै दलित समुदायबाट आचार्य गर्ने कृष्ण दमाई पहिलो दलित विद्यार्थी हुन । सम्भव त दक्षिण एसियामै दलित समुदायबाट संस्कृतिबाट आचार्य गर्ने टप थ्रिभित्र पर्न सक्ने छन ।
आचार्य कृष्णले विवाह, व्रतबन्ध, न्वारान, पूजा–पाठ जस्ता हरेक कार्यमा आफूलाई अब्बल साबित गर्दै पूजा गर्दा जातीय विभेदको अन्त्य गर्दै ‘सबै मानिस समान हुन्’ भन्ने सन्देश प्रवाह गरिरहेका छन । उनले दलित समुदायका युवाहरू विज्ञान, प्रविधि, अर्थशास्त्रसँगै संस्कृत र कर्मकाण्डको अध्ययनमा लाग्नुपर्ने बताए । आचार्यले पाएको सम्मानसंगै घर परिवार, आफन्त एव सहकर्मी साथीभाई समेत खुसी भएका छन । राष्ट्रपतिबाट सम्मानित भएका आचार्य कृष्णले कार्य क्षेत्रमा थप प्रेरणा जागेको बताए ।
