कञ्चनपुर ।
कञ्चनपुरमा नेपाली काँग्रेस संस्थापन र संस्थापन ईतर(देउवा) पक्षका छुट्टाछुट्टै अगुवा कार्यकर्ता भेला गरिएका छन । २०देखि २२भदौँसम्म देउवा पक्षले जिल्लाका सात पालिकाहरुमा अगु्वा कार्यकर्ता भेला सके लगत्तै संस्थापन पक्षले २३ भदौँमा महेन्द्रनगरमा जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला गरेको हो ।
१४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका केन्द्रीय सदस्यद्वय एनपी साउद रमेश लेखक, जिल्ला सभापति पदम बोगटी सहितका देउवा पक्षीय नेता कार्यकर्ताको उपस्थितिमा कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त, दोधाराचाँदनी र पुर्नवासमा अगुवा नेता कार्यकर्ताहरुको भेला गरेका छन । भेलामा नेताद्वय साउद र लेखकले पाटी सभापति शेर बहादुर देउवालाई नसोधेरै निर्वाचन आयोगले सिधै गगन थापाको नाममा पाटी आधिकारिता दियो, अनि त्यो पाटी अवैधानिक भएको दावि गर्दै अब १४औँ महाधिवेशनबाट निर्वाचित टिमले नै १५औँ महाधिवेशन गर्नुपर्नेमा जोडदिएका थिए ।
देउवा पक्षीय नेता एव कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले १५औँ महाधिवेशनको पुर्व सन्ध्यामा जिल्लाभरीका नेता कार्यकर्ताहरुसंग छलफल भेटघाट गरेको बताए ।
‘हामी पाटी फुट होईन एकताको सन्देश दिन खोजेका छौँ, ‘उनले भने, ‘आजको आवश्यकता पनि फुट नभई एकता मात्रै हो ।’ उनले १४औँ महाधिवेशनबाट निर्वाचन काँग्रेस र त्यसपछि विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेसको विवाद सर्वोच्च अदालतमा बिचाराधिन भएकाले अदालतको फैसला नआउन्जेलसम्म दुवै समुह अस्थित्वमा रहेको दावि गरेका छन ।
तीन दिन लगातार देउवा पक्षीय काँग्रेसले कञ्चनपुरका विभिन्न पालिका, गाँउबस्तीहरुमा अगुवा नेता कार्यकर्ताहरुसंग भेटघाट सम्पन्न गरेको भोलीपल्टै संस्थापन पक्षले २३ भदौँ(मंगलबार) जिल्ला पाटी कार्यालयमा अगुवा नेता कार्यकर्ताहरुसंग भेटघाट गरेको छ ।
संस्थापन पक्षमा खुलेरै देखिएका १४औँ महाधिवेशनबाट निर्वाचित जिल्ला सचिव नाफुसिह साउदले पाटी उपसभापति हरिशन्द्र रानाको अध्यक्षमा पाटी केन्द्रीय सदस्य सन्तोषी साउद ऐर, नेताहरु दिवान सिह विष्ट, बहादुर सिह थापा सहितको उपस्थितिमा भेला गरिएको बताए । उनका अनुसार पाटी एकताका लागि १५औँ महाधिवेशनको पुर्व सन्ध्यामा तयारी बैठक गरेर एकताकै सन्देश दिन खोजिएको र पाटी एकढिक्का बनाउन तर्फ केन्द्रीत रहेको बताए । तर, सच्चा काँग्रेस कञ्चनपुरका स्थानीय नेता कार्यकर्ताले यो विपदका बेला काँग्रेस फुट नभई जुटेर अघि बढ्नुपर्ने सुझाव दिएका छन ।
