कविता (मनको व्यथा) – कौशिला भण्डारी

कौशिला भण्डारी

मनमा सल्किएको आगोको ज्वाला,
निभाउने प्रयत्न गरिने छैन त्यहाँ ।
पिँजडामा कैद गरिएका चरीका,
आवाजहरु सुनिने छैन यहाँ ।।
जताततै चीत्कारै चीत्कार अनि,
खुबै खैलाबैला होहल्ला सुनियो।
सदाचारी अगाडि बढ्नुपर्छ भन्ने थियो,
प्रभाव गतिको पर्‍यो व्यभिचारी चुनियो।।
कैद गरिएका मनका पीडा
सुनाउन सकिने छैन अहिले।
चरम दुखे कोट्याएका घाउहरु
मेरो वास्ता नै गरिएन पहिले।
ती घाउहरु निको पार्न म कुनै
अस्पताल धाउन सकुँला र ?
पीडाहरु यस्तै चर्किने हुन् भने
म पनि कति दिन बाँचुला र !
आँसु नै आँसुको सागर यहाँ
आँसु नै ज्वलन्त उदाहरण बन्यो।
धेरै दु:ख सहन सक्दो रहेछ
पीडा पीडा ! कोमल मन यो।
भन्नेहरुले नै भावना बुझ्दैनन्
भन्छन् यहाँ कहाँ दुखेको छ।
दुखाइलाई कसरी वृत्तान्त गरुँ
मेरो हृदय अनि मनमा लुकेको छ।

कवयित्रि कौशिला भण्डारी – पन्चेश्वर गाउपालिका वडा नम्बर ६ रोडिदेवल बैतडी ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.