कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधिमा इन्द्र साउँदको उम्मेदवारी

दार्चुला–  नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि इन्द्र साउदले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् । साउद नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्यसमेत हुन् । दार्चुलाको लेकम गाउँपालिबाट प्रतिनिधित्व गर्दै आएका साउदले संगठनलाई बलियो बनाउँदै समाजलाई समृद्ध र नेपाललाई उज्ज्वल बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन् ।

उनले आफ्नो अभियानमा पारदर्शिता र सुशासन, युवा सहभागिता र रोजगारी तथा संगठनात्मक एकता र बलियो नेपाली कांग्रेसलाई प्राथमिकतामा राखेका छन् । साउदले ‘राजनीति सेवा हो, सत्ता होइन’ भन्ने मान्यतासहित आफू अघि बढेको उल्लेख गरेका छन् । उनको अभियानमा ‘संगठन बलियो, समाज समृद्ध, नेपाल उज्ज्वल’ भन्ने नारालाई अघि सारिएको छ।
साथै, ‘युवा शक्ति, देशको शक्ति’ भन्ने सन्देश पनि दिइएको छ । साउदले आफ्नो उम्मेदवारीलाई युवा पुस्ताको आवाज, परिवर्तनको चाहना र समृद्ध नेपालको सपनासँग जोड्दै “म युवाको आवाज, परिवर्तनको चाहना र समृद्ध नेपालको सपना लिएर अगाडि बढिरहेको छु” भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.