नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा प्रतिनिधिका लागि प्रकाश बिष्टको उम्मेदवारी

दार्चुला — नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि दार्चुला जिल्लाबाट प्रदेश प्रतिनिधि पदमा ३५ वर्षमुनिको युवा समूहअन्तर्गत प्रकाश बिष्टले उम्मेदवारी घोषणा गरेका छन्।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टी संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बिष्टले बताएका छन्। उनले नेपाली कांग्रेसको संगठनमा युवाको सक्रिय सहभागिता र नेतृत्वदायी भूमिका आवश्यक रहेको उल्लेख गर्दै पार्टीको नीति, विचार र संगठनलाई थप मजबुत बनाउन आफ्नो उम्मेदवारी केन्द्रित रहेको बताएका छन्।
बिष्टले दार्चुलाका सम्पूर्ण क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिहरूलाई आफ्नो पक्षमा मतदान गरी विजयी गराइदिन हार्दिक अपिल गरेका छन्। उनले आफूलाई प्राप्त हुने जिम्मेवारीलाई इमानदारी, सक्रियता र प्रतिबद्धताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“युवा पुस्ताको आवाजलाई पार्टीको संगठन र नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले मैले उम्मेदवारी दिएको हुँ,” बिष्टले भनेका छन्।
उनले पार्टीभित्र युवाको भूमिका विस्तार गर्दै संगठनलाई समयानुकूल र थप जनमुखी बनाउन आफूले योगदान गर्ने बताएका छन्। बिष्टको उम्मेदवारीसँगै दार्चुलामा नेपाली कांग्रेसको युवा प्रतिनिधित्व र आगामी महाधिवेशनमा युवाको सहभागिताबारे चर्चा बढेको छ।
बिष्टले सम्पूर्ण क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिहरूसँग सहयोग, समर्थन र अमूल्य मतका लागि पुनः आग्रह गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.