दार्चुला – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दार्चुलाबाट खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचनमा सबैभन्दा बढी मत ल्याउँदै दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् । उनले ८७८ मत प्राप्त गरेका छन् । त्यस्तै धर्मानन्द जोशी ८०४ मतसहित दोस्रो स्थानमा निर्वाचित भएका छन् । उनी बडू पछि दार्चुलामा सबैभन्दा बढी मत ल्याउने नेता बनेका छन् । निर्वाचित हुने अन्य प्रतिनिधिमा पुलेन्द्रबहादुर कार्की ७५२, जगदीशबहादुर पाल ६८८, हंशराज भट्ट ६७०, ललितसिंह बोहरा ६३९, अमर सिंह धामी ६२०, नरेन्द्रसिंह धामी ५५८, जगतसिंह ठगुन्ना ५५५ र हरकसिंह विष्ट ५१६ मतसहित निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार खुलातर्फको प्रतिस्पर्धामा यी १० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
यस्तै महिला खुल्ला तर्फ इश्वरी जोशी, आनन्दी पन्त, राजु अवस्थी र द्रोपती डाँगा निर्वाचित भएका छन् भने युवा खुला तर्फ दिपक खाती र विनोद राज जोशी निर्वाचित भएका छन् । यस्तै युवा महिला तर्फ विजया जोशी निर्वाचित भएकी छन् भने अपांगता तर्फ इन्द्रदेव पन्त निर्वाचित भएका छन् । समानुपातिक तर्फ रमेश दत्त भट्ट, विरेन्द्र बहादुर कुँवर, अशोक साउँद, लोकेन्द्र सिंह लोथ्याल र इन्द्र साउँद निर्वाचित भएका छन् । बडू र जोशीले सबैभन्दा बढी मत ल्याएका छन् ।
