बझाङमा गयो भूकम्प

काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो १ बजेर १४ मिनेटमा धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, बझाङको रायल आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि, सोमबारै बिहान ३ बजेर ५१ मिनेटमा दार्चुलाको मार्मा गाउँपालिका अन्तरर्गत मुरै आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Leave A Reply

Your email address will not be published.