दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिकाले एक वर्षमा इन्धनमको नाममा मात्रै ५० लाख ७७ हजार एक सय ७४ रुपैयाँ खर्च गरेको छ । महालेखा प्ररीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार शैल्यशिखरले आर्थिक वर्ष २०७९/०८० मा इन्धनमको नाममा मात्रै ५० लाख ७७ हजार एक सय ७४ रुपैयाँ खर्च गरेको हो ।
उक्त प्रतिवेदन अनुसार नगरपालिकामा एक पिकअप जीप, एक टिप्पर, एक एम्बुलेन्स, २५ ओटा मोटरसाईकल र ५ ओटा स्कुटर रहेका छन् । यी सवारी साधनमा इन्धन राखेको भनी ५० लाख ७७ हजार एक सय ७४ रुपैयाँ खर्च गरेको भेटिएको छ । नगरपालिकाले २ ओटा गाडी भाडामा लिई मासिक एक लाख २५ हजार भुक्तानी गरेको देखिएको छ । उक्त गाडी नगरप्रमुख विजय सिंह धामी र प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्दै आएका छन ।
यसका अतिरिक्त अन्य गाडी भाडामा लिइ कानुनको बेवस्ता गर्दै अस्वाभाविक खर्च गरेको महालेखा परीक्षकको ठहर छ । इन्धन खर्च सम्बन्धि नगरपालिकाले कुनै पनि मापदण्ड नबनाएको आरोप पहालेखा प्रतिवेदनको छ । नगरप्रमुख र प्रमख प्रशासकिय अधिकृतले प्रयोग गर्ने गाडीको लागि मासिक औसत ३०० सय लिटर डिजल खर्च गरेको देखिएको छ ।
तर नगरपालिका कार्यक्षेत्र भित्र भ्रमण गर्दा उक्त इन्धन पनि खपत नहुने महालेखाको प्रतिवेदनमा प्रष्ट लेखिएको छ । महालेखाको प्रतिवेदनले भनेको छ, ‘कुनै पनि सवारी साधनको लागि इन्धनको मासिक मापदण्ड तयार नगरेको, सवारी साधनको लगबुक राख्ने नगरेको र इन्धन खपत स्वभाविक नदेखिएकोको महालेखाको प्रतिवेदनमा उल्लेख छ । इन्धनमा महालेखाले १२ लाख ६६ हजार ६ सय ६४ रुपैयाँ अनियमितता भएको देखाएको छ ।
यो पनि पढ्नु होस्
जनताको करमा शैल्यशिखरका अधिकृतको मस्ती, किने साढे ३ लाखको एउटै मोवाइल
शैल्यशिखरका वडा अध्यक्ष जोशीले आफ्नै वडामा अनुगमन गरेवाफत भत्ता खाएपछि…